भुर्तुङको युवा संघमा देबेन्द्र , महिलामा शिला

0
268

पुस ८,२०७८ गुल्मी : नेकपा एमाले भुर्तुङको राष्ट्रिय युवा संघको अध्यक्षमा देबेन्द्र पुन चयन भएका छन् ।

जसको उपाध्यक्षमा सन्तोष कंडेल,अजय सुनार,नारायण घर्ती,गणेश गौतम , मेघराज गुरुङ र बिना सुनार रहेका छन् । सचिबमा शिशिर थापा, उपसचिबमा देबेन्द्र गुरुङ ,संगम थापा, कल्पना थापा सहित ५१ सदस्य रहेको युवा संघ गठन गरेको हो ।

यस्तै सोही कार्यक्रममा शिला शाखा अध्यक्ष रहेको ४१ सदस्यीय अखिल नेपाल महिला संघ वडा कमिटी पनि गठन गरिएको छ ।

जसको उपाध्यक्षमा फुलमाया थापा,सन्तु शाहा, रेशमकला क्षेत्री,देबकला गिरी,कोपीला किसान र मिना भारती रहेका छन् ।

यस्तै सचिबमा शान्ती किसान,सह सचिबमा सीता पुरी, उसा शाहा र देबी आचार्य रहेको नेकपा एमाले कालीगण्डकी गाउँपालिकाले जनाएको छ ।

SHARE