रोटरी बैठकमा शिक्षा क्षेत्रका बारेमा क्लासिफिकेशन

0
344

पुस ३,२०७८ रुपन्देही : रोटरी क्लव अफ बुटवलको १३९३ औं नियमित बैठक शनिबार सम्पन्न भएको छ । क्लवका अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायको अध्यक्षतामा बसेको बैठकको एजेण्डा क्लासिफकेशन रहेको थियो ।

बैठकमा बोल्दै त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. तारानाथ भट्टराईले मुलुकको शिक्षालाई स्थानीय स्रोत साधनसँग नजोडेसम्म परिवर्तन नहुने बताए । व्यावहारिक शिक्षा नै आजको आवश्यकता भएकोमा जोड दिंदै उनले स्थानीय सरकार, संघ र प्रदेश सरकारले सम्बन्धित क्षेत्रको परिवेश सुहाउँदो पाठ्यक्रम लागू गर्नुपर्ने र यसको व्यावहारिक अभ्यासका माध्यमबाट विद्यार्थीलाई पठनपाठन गराउनुपर्ने बताए ।
सैद्धान्तिक ज्ञानले मात्र प्रतिष्पर्धी जनशक्ति उत्पादन हुन नसक्ने भन्दै उनले यसतर्फ सरोकारवाला सबैले ध्यान दिनुपर्ने बताए ।

त्यस अवसरमा रोटरीयनहरु कृष्णप्रसाद अर्याल, रोम शर्मा, शिवप्रसाद ज्ञवाली, थानेश्वर पौडेल, गणेशप्रसाद ज्ञवाली लगायतले शिक्षा क्षेत्रसँग सम्बन्धित रहेर विभिन्न जिज्ञासा राखेका थिए । बैठकमा क्लवका सचिव खिमनारायण पराजुलीले अघिल्लो बैठकका निर्णयहरुबारे जानकारी गराएका थिए ।
बैठकमा क्लवका अध्यक्ष प्रा. डा. ताराप्रसाद उपाध्यायले रोटरी क्लव अफ रामपुर पाल्पाको चार्टड नाईट कार्यक्रममा सहभागिताका लागि सबै रोटरीयनहरुलाई आग्रह गरेका थिए ।

बैठकमा रोटरीयनहरु सुनिल श्रेष्ठ, नारायण भण्डारीलगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।

SHARE