
तिलाचन पाण्डे
पुस २,२०७८ गुल्मीः धुर्कोट गाउँपालिकाले बालीबिज्ञान तर्फ अध्ययन गर्ने ५५ जना बिद्यार्थीहरुलाई पढ्दै कमाउँदै गर्नका लागि प्लाष्टिक टनेल अनुदानमा वितरण गरेको छ ।
पाञ्चायन माध्यमिक बिद्यालयका कक्षा ११ र १२ मा अध्ययन गर्ने सङगै कक्षा १२ मा ओजेटी गर्ने ५५ जना बिद्यार्थीहरुलाई अनुदानमा प्लाष्टिक टनेल वितरण गरिएको गाउँपालिकाकी कृषि शाखा प्रमुख अञ्जली गौतमले जानकारी दिइन् ।
बिद्यार्थीहरुलाई सैदान्तीक ज्ञान मात्र नभई ब्यबहारीक ज्ञान प्रदान गर्नका लागि गाउँपालिकाले अनुदानमा टनेल वितरण गरेको गौतमले बताइन् । गाउँपालिकाको तीन लाख रुपैयाँ बजेटबाट टनेल वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
यता धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले बिद्यार्थीहरुलाई पढ्दै कमाउँदै गर्ने बानी पार्नका लागि यस्तो कार्यक्रम ल्याइएको बताए ।
बिद्यार्थीहरुलाई कृषि पेशामा आर्कषित गर्न , अध्यान गर्दै आम्दामीको माध्यम बनाउन र ब्यबसायीक बनाउनका लागि टनेल वितरण गरिएको पोखरेलले बताए ।
बिद्याथीहरुमा अध्ययन पश्चात जागिर खान पर्छ भन्ने मानसिकतालाई हटाउन र कृषि पेशाबाटै ब्यबसायिक र राम्रो आम्दामी गर्न सकिन्छ भन्ने ज्ञान प्रदान गर्नका लागि गाउँपालिकाले लागेको पोखरेलको दाबी छ ।

उत्कृष्टलाई पुरस्कार
बिद्याथीहरुले पुस महिना भित्रमा टनेल निर्माण गर्नुपर्ने , माघमा नर्सरी गर्नुपर्ने र फागुनमा बिरुवा लगाउनुपर्ने छ ।
टनेलबाट राम्रो उत्पादन लिने र सबैभन्दा राम्रो काम गर्ने बिद्यार्थीलाई गाउँपालिकाले पुरस्कार समेत दिने घोषण गरेको पोखरेलले बताए ।
बिद्यार्थीहरुले आफनै निजी जग्गामा टनेल निर्माण गरी आफूहरुले सिकेको सीपलाई ब्यबहारमा लागु गर्ने भएका छन् ।
धुर्कोट गाउँपालिकाले यस अघि बाँझो जग्गामा खेती गर्ने किसानलाई अनुदान समेत वितरण गरेको थियो । धुर्कोट गाउँपालिका मासुमा आत्मनिर्भर गाउँपालिका घोषण भइ सकेको छ ।







