सम्झना हत्याका अभियुक्तलाई जन्म कैदको फैसला

0
248

पुस २,२०७८ गुल्मीः जिल्ला अदालत गुल्मीले सम्झनाको हत्या गर्ने ४७ बर्षीय लालबहादुर खत्रीलाई जन्म कैदको फैसला सुनाएको छ ।

जिल्लाको रेसुंगा नगरपालिका वडा नम्वर तीन भाडगाँउकी २१ बर्षीय सम्झना बोहरालाई हत्या गर्ने खत्रीलाई जिल्ला न्यायधीस राधाकृष्ण उप्रेतीले जन्म कैदको फैसला सुनाएको अदालतका तहसिलदार रामबहादुर कुँवरले जानकारी दिए ।

जिल्ला सरकरी वकिलको कार्यालयबाट जन्म कैदको माग दाबी सहित मुद्धा पेस भएकोमा कर्तब्य ज्यान मुद्धा अन्र्तगत ज्यान सम्बन्धीको महल अनुसार जन्म कैदको फैसला भएको कुँवरले बताए ।
सम्झना गत बर्षको माघ २९ गते देखि परिवारको सम्पर्कमा नरहेको र सम्पर्कमा नरहेको १९ दिन पछि उनको शब घर नजिकैको झाँडीमा बोरामा बाधेको अबस्थामा फेला परेको थियो ।

सम्झना सम्पर्कमा नरहेको २ दिनपछि सासु टोमकला खत्रीले आत्म हत्या गरेकी थिइन् ।
सोही घटनालाई लिएर जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा घेराउ समेत भएको थियो ।
सो आन्दोलनको नेतृत्व चर्को रुपमा उनै अभियुक्त खत्रीले गरेका थिए । सोही घटनालाई लिएर तत्कालिन प्रहरी प्रमुखको सरुवा समेत भएको थियो ।

SHARE