स्कुल बसले ठक्कर दिंँदा श्रेष्ठको मृत्यु

0
231

पुस १,२०७८चितवन : भरतपुरको बाइपास रोडमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

मृत्यु हुनेमा चितवन खैरेनी २ बस्ने ५५ वर्षीय रामहरि श्रेष्ठ रहेका छन्। घाइते पछाडि बस्ने सोही स्थानका पुरन श्रेष्ठ रहेका छन्।

उनको उपचारका क्रममा साँझ ७ भरतपुर मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए। उनका अनुसार साँझ साढे ६ बजेको समयमा आँपटारीबाट भरतपुरको मालपोत चोक तर्फ जाँदै गरेको ना १ क ४७९८ नम्बरको अर्किड कलेजको बसले सोही दिशातर्फ जाँदै गरेको ना ६१ प ४४०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

SHARE