गुल्मेली पत्रकारको अभियानले पायो सार्थकता

दैनिक ९६ सिलिण्डर अक्सिजन उत्पादन हुने

0
439

टोपलाल अर्याल
मंसिर २८,२०७८ गुल्मीः गुल्मीमा अक्सिजन प्लाण्ट संचालनमा आएको छ ।

जिल्लामा कोभिड–१९ को कारण अक्सिजन अभावको कारण बिरामीको ज्यान थालेपछि ०७८ बैशाख अन्तिम साताबाट नेपाल पत्रकार महासंघ गुल्मीले ‘अक्सिजन प्लाण्ट अभियान’ संचालन ग¥यो ।
केहि समयपछि नेपाल सरकारबाट समेत बजेट बिनियोजन भयो । पत्रकार महासंघको अभियान र नेपाल सरकारको संयुक्त लगानीबाट प्लाण्ट निर्माण गरिएको हो । अभियानबाट संकलित ६० लाख पत्रकार महासंघले गुल्मी अस्पताललाई प्रदान गरेको थियो । भने नेपाल सरकारबाट एक करोड बिनियोजन भएको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले जानकारी दिए ।

फेयर टे«ड काठमाण्डौले एक करोड ३१ लाखको लागतमा प्लाण्ट निर्माण गरेको छ । प्लाण्ट व्यावस्थापनको लागि आवश्यक भौतिक संरचना गुल्मी उद्योग बाणिज्य संघले निर्माण गरेको छ । अहिले २४ घण्टामा ९६ सिलिण्डर उत्पादन भइरहेको पच्याले बताए ।
अब गुल्मी अस्पतालसंगै जिल्लाका स्वास्थ्य संस्था र घरमै आवश्यक पर्ने बिरामीहरुले पनि सहज रुपमा अक्सिजन पाउने छन् । पच्याले साउनमै प्लाण्ट खरिद भएपनि लामो बर्षात, पुर्वाधार निर्माण र चाडपर्वको कारण समयमै संचालन गर्न गाह्रो भएको बताए ।

अधिवक्ता तथा गुल्मी अस्पताल विकास समितिका पुर्व अध्यक्ष बिनोद पाण्डेयले प्लाण्ट निर्माण जिल्लाको लागि खुसी कुरा भएको बताए । ‘गुल्मीमा स्वास्थ्य क्षेत्रमा केहि आशाहरु बढेका छन् । प्लाण्ट निर्माणमा ढिलो चाँडो जे भएपनि महत्वपूर्ण संरचना बन्यो,’उनले भने,‘दिर्घकालिन संचालनमा चनाखो बन्नुपर्छ ।’ जिल्लामा अक्सिजन अभावका कारण नागरिकको ज्यान थालेपछि पत्रकार महासंघ गुल्मीले संचालन गरेको ‘अक्सिजन प्लाण्ट’ अभियानले सार्थकता पाएको छ ।

चौरासी बर्ष पुगेका रेसुंगा नगरपालिका ८ का रुद्रबहादुर भुजेलले कोभिडको कारण चौरासी गर्न पाएनन् । उनले चौरासी बापतको नगद १० हजार र नातिनीको बर्थ डे खर्च २ हजार २ सय अक्सिजन प्लाण्ट अभियान लागि सहयोग गरे । एक मुठ्ठी सासको लागि भुजेल परिवार कैयौ गुल्मेलीले सहयोग गरेका छन् ।
नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले सहयोग गर्ने सवैप्रति आभार व्यक्त गरे । ‘समाजले आशा, आवश्कता र भरोसा प्रतिकुलताका गरेको हुन्छ । त्यसलाई पत्रकार महासंघले पुरा ग¥यो,’अर्यालले भने,‘दिर्घकालिन संचालनको चुनौतिबाट पनि टाढा छैनौ ।’ पत्रकार महासंघ गुल्मीले प्लाण्टसंगै विभिन्न संघसंस्थाहरुको सहयोगमा जिल्लाका सवै पालिकाका स्वास्थ्य संस्थाहरुमा अक्सिजन कन्सन्टेटर, सिलिण्डर, मास्क, सेनिटाइजर, पिपिइ लगाएका महत्वपूर्ण सहयोगहरु पनि भएका थिए ।

SHARE