झापामा मोबाइल र गरगहना चोर्ने दुईजना पक्राउ

0
260

मंसिर२६,२०७८झापा : जिल्लामा मोबाइल तथा गरगहना चोरी गर्ने दुईजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका( ५ निवासी १८ वर्षीय कल्याण श्रेष्ठ र जिल्ला सुनसरी धरान उपमहानगरपालिका(२२ पञ्चकन्या निवासी २८ वर्षीय मनकुमार विक रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।

प्रहरीका अनुसार मेचीनगर नगरपालिका(९ स्थित तल्लो मागुरमाडी बस्ने माधवप्रसाद घिमिरेको घरबाट नोकियाको एउटा मोबाइल, सोही ठाउँकी सङ्गीता लिम्बुको आइटेल कम्पनीको एउटा मोबाइल र सोही ठाउँकी झुमादेवी ढुङ्गाना आचार्यको घरमा पाहुना आएकी अर्जुनधारा नगरपालिका(११ निवासी शोभादेवी ढुङ्गानाका चार थान सुनको औँठी, एक थान पञ्चरत्न बाला‚ दुई थान कानमा लगाउने सुनका टप, एक थान माइली तिलहरी चोरी भएको थियो।

मोबाइल तथा गरगहना घरबाटै चोरी भएपछि पीडितले इलाका प्रहरी कार्यालय धुलाबारीमा उजुरी दिएका थिए। प्रहरीमा उजुरी परेपछि खोजतलास गर्ने क्रममा श्रेष्ठलाई मेचीनगर(१० नन्दा पेट्रोलपम्प नजिकैबाट र विकलाई मेचीनगर(९ खुट्टेडाँगीबाट शुक्रबार दिउँसो पक्राउ गरिएको डिएसपी पाठकले बताए।

SHARE