जलवायु परिवर्तनले कृषि र खाद्य सुरक्षामा परेको प्रभावका बिषयमा सूचना संकलन

0
44

मंसिर१७,२०७८ गुल्मीःगुल्मीमा जलवायु परिवर्तनले कृषि र खाद्य सुरक्षामा परेको प्रभावको बारेमा सूचना संकलन गरेको छ ।
पुनरुत्थानशिलता विश्लेषण तथा जीविकोपार्जन सम्बिन्ध अध्ययन सम्बन्धि गोष्ठिको आयोजना गरेर स्थानीय तहका प्रमुख एवं प्रतिनिधी, कृषि तथा पशु प्राविधिकहरुसंग आवश्यक सूचना संकलन गरिएको संयुक्त राष्ट्रिय संघ विश्व खाद्य कार्यक्रमका लुम्बिनी प्रदेश संयोजक पन्नामान महर्जनले जानकारी दिए ।

स्थानीय तहबाट प्राप्त सूचना विश्लेषण गरेर राष्ट्रिय योजना आयोग मार्फत आवश्यक कार्यक्रम स्थानीय स्तरसम्म पुराउन अध्ययनले मद्धत गर्ने मर्हजनले बताए । यो कार्यक्रम संयुक्त राष्ट्रिय संघ विश्व खाद्य कार्यक्रम तथा राष्ट्रिय योजना आयोग केन्द्र र प्रदेश मार्फत भइरहेको छ । जिल्लाका पालिकाहरुमा जिल्ला समन्वय समिति मार्फत काम गरिने छ ।

संयुक्त राष्ट्रिय संघ विश्व खाद्य कार्यक्रम गण्डकी प्रदेश संयोजक बिष्णु आचार्यले अध्यक्षको उदेश्य, संरचना, बिधि र प्रभावको बारेमा सहभागीलाई जानकारी दिएका थिए । जीविकोपार्जनका साधनको आधारमा जीविकोपार्जनका क्षेत्रहरुको पहिचान, जीविकोपार्जनका क्षेत्रहरुमा मानिसको उत्पादनशिलता बिगतमा भएका र भविष्यमा हुनसक्ने जलवायु परिवर्तनका असरहरु र खाद्य सुरक्षाको दृष्टिकाणले ति क्षेत्रहरुको जोखिमता सम्बन्धि विश्लेषण गर्ने, लक्षित क्षेत्रहरुको पहिचान गर्ने, जलवायु परिवर्तन अनुकुलन र खाद्य सुरक्षाको लागि पुनरुत्थान सम्बन्धि नीति तथा कार्यक्रम र आयोजना निर्माणमा सहयोग गर्ने अध्ययनको उद्येश्य आचार्यले बताए ।

उनका अनुसार अध्ययनको अपेक्षा तापक्रम र बर्षाको परिदृष्य निर्माण, भविष्यमा हुने जलवायु परिवर्तनको दृश्य, शुन्य भोकमरी प्राप्तिको लागि खाद्य सुरक्षा रणनीति तथा नीति निर्माणको लागि प्रमाण, खाद्य सुरक्षा विश्लेषणका लागि सूचनाको श्रोत र आर्थिक सर्वेक्षणको लागि उपयुक्त क्षेत्रको छनौट रहेको छ ।

सोहि कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले स्थानीय स्तरमा व्यावहारिक भाषाको प्रयोग मार्फत जलवायु परिवर्तन र खाद्य सुरक्षामा परेको असरका सूचना संकलनमा जोड दिए । उनले गाउँमा थुपै्र प्रभाव र असरहरु भए पनि बिज्ञको भाषा र शब्द गाउँको किसानले नबुझने भएकोले ख्याल गर्नुपर्ने सुझाव दिए । प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले समग्रतामा सहि र वास्तविक सूचना नआउने भएकाले निश्चित ठाउँबाट अध्ययन सुरु गर्नुपर्ने सुझाव राखे ।
कार्यक्रम जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीको अध्यक्षता, उपप्रमुख तुल्सी श्रेष्ठको स्वागत तथा जिल्ला समन्वय अधिकारी बिजय कार्कीको संचालनमा सम्पन्न भएको थियो ।

SHARE