कक्षा १२ को नतिजा आज सार्वजनिक हुने

0
44
फाइल फोटो

मंसिर १७,२०७८काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले आज शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गर्ने भएको छ।

बोर्डका अनुसारअनुसार नतिजा सार्वजनिक गर्न बिहान ९ बजे बोर्ड बैठक डाकिएको छ। बोर्डको अध्यक्ष रिक्त रहेकोले शिक्षा मन्त्रालयका सचिवले नै बोर्डको अध्यक्षता गर्नेछन्। नयाँ सचिव यादव कोइराला बुधबारमात्र शिक्षा मन्त्रालयमा बहाली गरेका थिए।

बिहीबार सचिव कोइराला परीक्षा बोर्ड पुगेका थिए। बोर्डले सबै काम सकेर प्राविधिक काम पनि सकिएको हुनाले आज नतिजा सार्वजनिक गर्ने भएको हो।

SHARE