१८० किलो गाँजा सहित शिक्षक पक्राउ

0
198

मंसिर२,२०७८काठमाडौं :सुनसरी प्रहरीले सिमावर्ती क्षेत्रबाट १ सय ८० किलो तयारी अवस्थाको गाँजा बरामद गरेको छ।

ट्याक्टरको डालामा पाता थपेर बनाइएको क्याबिनमा लुकाइएको सो परिमाणको गाँजा प्रहरीले देवानगञ्जबाट बरादम गरेको हो। पराल लिन सिमापारी जानु पर्ने भन्दै मोटरसाइकल चालकले इजाजत माग्दै गर्दा प्रहरीले शंका मानी खाली ट्याक्टरको चेकजाँच गरेको थियो।

सो क्रममा ट्रलीभित्र थप क्याबिन बनाएर लुकाएर राखिएको ठूलो परिमाणमा गाँजा प्रहरीले बरामद गरेको जनाएको छ। प्रहरीले गाँजासहित ट्याक्टर सिमापारी कटाउन सहयोगीको भूमिका खेल्ने सन्तोष कुमार मेहतालाई समेत नियन्त्रणमा लिएको छ।

मेहता स्थानीय विद्यालयमा कार्यरत शिक्षक रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। सुनसरी प्रहरीले बरामद गाँजासहित पक्राउ परेका मेहतालाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ।

प्रहरी प्रमुख सञ्जयसिंह थापाले बरामद गाँजा तस्करीको तरिका बिलकुलै नौलो पाइएको बताए। उनले लामो समयदेखि गाँजा तथा लागुऔषध कारोबार भइरहेको हुन सक्ने देखिएकाले अनुसन्धान त्यसतर्फ केन्द्रित गरिएको जानकारी दिए।

SHARE