मदिराजन्य पदार्थको विज्ञापन गर्ने सञ्चारमाध्यमलाई कारबाही गर्ने चेतावनी

0
204

मंसिर १,२०७८काठमाडौं : विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले बोर्डको सूचना उल्लंघन गरी मदिराजन्य पदार्थको विज्ञापन गर्ने सञ्चारमाध्यमलाई कारबाही गरिने बताएका छन्।

अध्यक्ष हुमागाईँले सूचना प्रकाशित गरिसकेपछि सञ्चारमाध्यममा मदिराजन्य पदार्थको विज्ञापन भइरहेको भन्दै विज्ञापन प्रशारण गर्ने पत्रपत्रिका, विज्ञापन एजेन्सी र विज्ञापनदातालाई कानुनबमोजिम कारबाही गरिने बताएका हुन्।

उनले विज्ञापन प्रशारण गर्ने पत्रपत्रिका, विज्ञापन एजेन्सी र विज्ञापनदातालाई पत्राचार गर्ने तयारीमा रहेको बताए। उनले ऐनले मदिरा तथा सुर्तीजन्य पदार्थको विज्ञापनमा मात्रै रोक लगाएको बताउँदै विक्री वितरण र उत्पादनमा रोक नलगाएको बताए।

SHARE