एमाले गुल्मीका १८ जना प्रतिनिधि ‘सर्वसम्मत चयन

0
373

कात्तिक २९,०७८ गुल्मीः नेकपा एमाले गुल्मीले १०औं राष्ट्रिय महाधिबेशनका लागि प्रतिनिधि टुङ्गो लगाएको छ । दुईवटा निर्वाचन क्षेत्र रहेको जिल्लामा महाधिबेशनका लागि १८ जन प्रतिनिधि सर्वसहमतीमा टुङ्गो लगाएको नेकपा एमाले गुल्मीका उपाध्यक्ष बालसिंह काउछाले बताए ।

जिल्लाबाट १८ जना प्रतिनिधिका लागि ६० जनाले उम्मेदवारी दिएका थिए । त्यसमध्येबाट छलफल पश्चात सर्बसहमत प्रतिनिधि छनोट गरिएको नेकपा एमाले गुल्मीले जनाएको छ ।
महाधिबेशनका लागि खुला तर्फ मधुकृष्ण पन्त, बालसिंह काउछा, सोमनाथ सापकोटा, धर्म बिस्वकर्मा, अमर सिंजापति, कृष्ण भुसाल, प्रेम पराजुली, खिमानन्द पाण्डे, रितबहादुर थापा र चक्रबन्धु भुसाल, नारायण पोख्रेल रहेका छन् ।

त्यस्तै महिला नर्मदा भन्डारी, लक्ष्मी पन्त, सीता भन्डारी र ललिता गौतम र दलित तर्फ जंग नेपाली, कृष्ण सुनार, र जुना विश्वकर्मा महाधिबेशन प्रतिनिधिका लागि छानिएको काउछाले बताए ।
महाधिबेशन प्रतिनिधिका पार्टीमा लामो समयदेखि काम गरेकालाई सर्बसहमतीका साथ प्रतिनिधि छनोट गर्न सफल भएको काउछाको भनाई छ । वडा गाउँ÷नगर अधिबेशनमा पनि सर्बसहमतीमा नेतृत्व चयन हुनुले पार्टीमा कुनैपनि बिवाद नरहेको उनले बताए ।

जिल्लामा यस अधि नगर÷गाउँ वडा तहको अधिबेशनको सम्पन्न भएको छ । सम्पन्न भएका मध्ये एउटा स्थानीय तहमा मात्रै निर्वाचन मार्फत नेतृत्व चयन भएको थियो । भने अन्यमा भने सर्बसहमतीमा नेतृत्व चयन गरिएको थियो ।
जिल्लामा १० हजार १ सय ८४ जना पार्टी सदस्य रहेका छन् । कामना डेलीबाट

SHARE