न्यायालयका बारेमा साझा धारणा आउछ : प्रचण्ड

0
192
फाइल फोटो

कात्तिक २६,२०७८
भोजपुर : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले न्यायालयमा भएको विवादको विषयमा पाँच दलीय गठबन्धनको साझा धारणा छिटै आउने बताएका छन्।

आज ९शुक्रवार० माओवादी केन्द्र भोजपुरको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन्।

पत्रकारसँग कुरा गर्दै प्रचण्डले भने, ‘न्यायालय जस्तो स्वतन्त्र र गरिमामय संस्था विवादमा मुछिनु राम्रो होइन सर्वोच्च अदालत भित्रको विवाद त्यही भित्रबाटै मिलाउन सके राम्रो हुन्छ, तर त्यस विषयमा हाम्रो साझा धारणा छिटै बाहिर ल्याउँछौ।’

त्यस्तै अहिलेको पाँच दलीय गठवन्धन चुनाव सम्म नै जाने बताउँदै उनले आवश्यक परे निर्वाचन पछाडिसम्म पनि जान सकिने धारणा राखे। स्थानीय तहको निर्वाचन आयोगले चैत्रमा तोकेको भएपनि संविधान अनुसार ६ महिना अघिपछिसम्म पनि सार्न सकिने अध्यक्ष प्रचण्डले बताए।

सकेसम्म एकै पटक तीनै तहको चुनाव गर्न सके चुनावमा हुने खर्चसमेत जोगिने उनको भनाइ छ। यस विषयमा भने गठवन्धनसँग छलफल भइरहेकोसमेत उनले जानकारी दिए।

SHARE