भैंसीगोठमा आगलागी हुँदा साढे ४ लाख बराबरको क्षति

0
233
फाइल फोटो

कात्तिक २४,०७८बैतडी : बैतडीमा आगलागीबाट ४ लाख ५० हजार रूपैयाँ बराबरको क्षति भएको छ। जिल्लाको मेलौली नगरपालिका(१ मेलशैनीका अशोकसिंह साउदको भैंसीगोठमा आगलागी भएको हो।

मंगलबार राति २ बजे भएको आगलागीबाट ३ गाई, एक भैंसी मरेका छन् भने अन्न, लत्ताकपडा, गोठसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

दुईकोठे एकतले गोठमा लागेको आगो स्थानीय बासिन्दाले करिब ३ घण्टामा नियन्त्रणमा लिएका थिए।

विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख बोधराज ओझाले जानकारी दिए।

SHARE