
कात्तिक २१,०७८
कञ्चनपुर : जुवातास नियन्त्रणका लागि कञ्चनपुरमा प्रहरीले चलाएको अभियानमा ९५ जना जुवाडे पक्राउ परेका छन्। उनीहरूबाट आठ लाख १४ हजार ५१० रूपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
जुवातास खेल्ने ठाउँको पहिचान गरी प्रहरीले जुवाडेहरुलाई पक्राउ गर्ने र नगद रकम बरामद गर्ने क्रम जारी राखेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार चाड पर्वका बेलाको ९५ जनालाई जुवा तास खेलिरहेको अवस्थामा नियन्त्रणमा प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए।
उनका अनुसार शुक्रवार मात्रै भीमदत्त नगरपालिका(६ ऐठपुरबाट १० जनालाई नियन्त्रणमा लिइएको छ। उनीहरूको साथबाट ६२ हजार ७० रूपैयाँ बरामद गरिएको छ।












