राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त

0
245

कात्तिक११,२०७८हेटौंडा : नेकपा (एकीकृत समाजवादी) प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।

प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधानको धारा १६८ को २ बमोजिम पाण्डेलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बुधबार पदबाट राजीनामा दिएकी थिइन् ।

पार्टी विभाजनपछि अल्पमतमा परेकी शाक्यले संसदमा विश्वासको मत नपाउने भएपछि राजीनामा दिएकी थिइन् । शाक्यले राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले आज बिहीबार दिउँसो ३ बजेसम्म बहुमत पुर्‍याएर सरकार गठनको लागि दाबी गर्न आह्वान गरेका थिए ।

प्रदेश प्रमुखले दिएको समयमा पाण्डेबाहेक अरुको दाबी नपरेपछि उनलाई मुख्यमन्त्री नियुक्त गरिएको हो । पाण्डे प्रदेशमा रहेको ४ दलीय गठबन्धनबाट सरकारको नेतृत्व गर्न पुगेका हुन् ।

SHARE