कालीगण्डकी एमालेको अध्यक्षमा रामजी ढकाल

संगठनलाई चुस्त, दुरुस्त र चलायमान बनाएर लैजाने

0
337

कात्तिक ११,२०७८ गुल्मी : नेकपा एमाले कालीगण्डकीको अध्यक्षमा रामजी ढकाल निर्वाचित भएका छन् ।
मंगलबार सम्पन्न अधिवेशनबाट ढकाल सर्वसम्मत रुपमा निर्वाचित भएका हुन।

यस्तै गाउँपालिकाको उपाध्यक्षमा हर्मिचौरबाट नैना पाण्डे,सचिवमा अर्बेनीबाट शेरबहादुर बुढा,उपसचिवमा लीलाधर सापकोटा र चन्द्रा पराजुली निर्वाचित भएको एमाल कालीगण्डकीले जनाएको छ ।

आफू निर्वाचित भइसकेपछि संगठनलाई चुस्त, दुरुस्त र चलायमान बनाएर लैजाने ढकालले बताए ।

SHARE