एमाले विभाजनले कुनै असर गरेको छैन : ज्ञवाली

0
239
फाइल तस्बिर

हुमाकान्त पोखरेल
कात्तिक ९,२०७८गुल्मीः नेकपा एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले विभाजनले नेकपा एमालेलाई कुनै असर नगरेको दाबी गरेका छन् ।
मंगलबार नेकपा एमाले रेसुङ्गा नगरकमिटीको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै सचिव ज्ञवालीले अधिकाशं कार्यक्रता तथा जनप्रतिनिधि विभाजनको विरुद्धमा रहेको बताए । एमालेको केन्द्रीय कमिटीमा २३ प्रतिशत र स्थानीय तहका सात प्रतिशत मात्रै माधव नेपालको समाजवादीमा गएको बताए ।
गुल्मीमा कोही पनि जननिर्वाचित प्रतिनिधिले एमाले नछोड्नु खुसिको कुरा भएको बताउदैँ नेता ज्ञवालीले एमाले छोडेका पनि फर्कने क्रम सुरु भएको दाबी गरे । फरक प्रसङ्गमा नेता ज्ञवालीले अहिले देशमा कार्यपालिका र न्यायपालिकाबीच अपवित्र साटघाढ भएको आरोप लगाए ।
परमादेश दिएबापत जेठानलाई मन्त्री बनाउने बिषय गलत रहेको उनले बताए । एमालेले सुरु गरेका थुप्रै कामहरु अहिलेको सरकारले खारेज गरेर जनविरोधि काम गरेको उनको भनाई छ ।
देशभर १४ सय सडक बनाउने, भूमिहिनलाई लालपुर्जा दिने लगायतका कार्यक्रम कटौति गरेर सरकार आफैले जनविरोधि भएको पुष्टि गरेको उनको बुझाई छ । पञ्चायतको विरोध, राजा हटाउने लगायतका ठूला ठूला राजनीतिक परिवर्तनमा एमालेले महत्वपूर्ण भूमिका निर्वाह गरेकोले यस्ता कामहरु अब जनतामाझ लैजानुपर्ने नेता ज्ञवालीले बताए ।

SHARE