लुम्बिनी प्रदेशमा ५ जना मृत अवस्थामा फेला

0
193

कात्तिक५,२०७८ :लुम्बिनी प्रदेशमा ५ जना जना पानीमा डुबेको अवस्थामा मृत फेला परेका छन् । पाल्पा, कपिलवस्तु र नवलपरासी ९पुर्व० मा गरि पानीमा डुबेको अवस्थामा ५ जना मानिसको मृत भेटिएका हुन् । नवलपरासी पूर्वको त्रिवेणी गाउँपालिका–५, कुसन्डेस्थित बिनयी खोलामा सोही स्थानका ४५ बर्षीय जखुमाया चौहानको शव फेला परेको छ ।
त्यस्तै सोही जिल्ला सोही वडाको लालेघाटस्थित बिनयी खोलामै नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै कपिलवस्तुको बिजयनगर गाउँपालिका–५ बनगाईस्थित पानी जमेको खाल्डोमा नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरुष मृत फेला परेका छन् ।
यता पाल्पाको प्रहरीले कालिगण्डकी नदीमा अन्दाजी ४५ बर्षका दुई जना बेवरिसे पुरुषको शव फेला पारेको छ । यो खबर रातोपाटीमा छ।

SHARE