आज देशभर मौसम बदली रहने

0
336
फाइल फोटो

कात्तिक ५,२०७८काठमाडौं : आज देशभर आंशिकदेखि सामान्य बदली रही केही प्रदेशमा वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशहका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेकाले कृषिसँग सम्बन्धित काम गर्दा आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

शुक्रबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

SHARE