लमही अस्पताललाई प्रदेश सरकारको मातहतमा लैजाने तयारी : मन्त्री थारु

0
263

दिवाकर पोखरेल
कात्तिक ४,२०७८ दाङ : दाङ देउखुरी लमही नगरपालिकाको मातहतमा रहेको लमही अस्पताललाई प्रदेश सरकारको मातहत लैजाने तयारी भएको छ ।
लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले लमही अस्पताललाई लुम्बिनी प्रदेश सरकारको मातहतमा लैजाने तयारी भएको बताउनुभयो । स्थानीय सरकारको मातहतमा रहदै आएको पूर्वपश्चिम राजमार्गमा रहेको देउखुरी क्षेत्रकै केन्द्र विन्दु मानिने पन्ध्र शैयाको लमही अस्पताल लुम्बिनी प्रदेश सरकारको मातहतमा लैजाने तयारीलाई देउखुरीबासीले खुसि व्यक्त गरेका छन् ।
पछिल्लो समय स्रोतसाधन र पूर्वाधार विकासको हिसाबले अस्पतालले राम्रो प्रगति नगरेको भन्दै, कोभिडको बेलासमेत अस्पतालले राम्रो सेवा प्रदान गर्न नसेकेको जनगुनासो स्थानीयबाट आएपछि लमही अस्पतालको स्थलगत अनुगमन तथा निरिक्षण गरेको स्वास्थ्य तथा जनसंख्या परिवार कल्याण मन्त्री इन्द्रजित थारुले बताउनुभयो ।
प्रदेश सरकार मातहत एक प्रदेशमा एक ठूलो अस्पताल बनाउने नीतिअनुसार प्रदेश मातहत लिन लागिएको मन्त्री थारुले बताउनुभयो । उहाँले भन्नुभयो,मैले सुरुदेखि नै लमही अस्पताललाई प्रदेश सरकारको मातहत राख्नुपर्छ भनेको थिए,स्थानीय तहको मातहतमा राख्दा अस्पतालको सेवा सबै खस्किएको गुनासो छ ।
यस्तै थारुले सबै देउखुरी कै केन्द्र विन्दु मानिने लमही अस्पताललाई थप विकास गर्नको लागि यस्तो तयारी गरिएको बताउनुभयो । लुम्बिनी प्रदेश सरकारको मातहतमा १३ वटा अस्पताल रहेका छन् भने स्थानीय तहको मातहतमा चार वटा अस्पताल रहेका छन् । जसअन्र्तगत बर्दियाको चिसापानी, कपिलबस्तुको पिपरा, बहादुरगंज र लमही नगरपालिकाको मातहतमा रहेको लमही अस्पताल रहेको छ । यि चारवटै अस्पताललाई स्थानीय तहबाट प्रदेश सरकारको मातहतमा लैजाने तयारी भइरहेको बताइएको छ ।
यता लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले बिधि अनुसार नै अस्पतालको स्तरबृद्धि गर्न आवश्यक देखिएकाले अस्पतालको स्तरबृद्धि गरी प्रदेश सरकारको मातहतबाट संचालनमा आएादा सेवा सुविधा बढ्ने बताउनुभयो । लमही अस्पताल अहिले १५ शैयाको अस्पताल भएका कारण यसको सतरबृद्धि गर्दै प्रदेश सरकारको मातहतमा लैजानुपर्ने माग स्थानीयको छ ।

SHARE