बुधबार एकैदिन संक्रमणबाट १३ जनाले ज्यान गुमाए

0
51

कात्तिक ३,२०७८काठमाडौं :बुधबार नेपालमा थप १३ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ। योसँगै अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ३ सय १८ पुगेको छ।

गत २४ घण्टामा थप ६ सय ६२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २२ पिसिआर परीक्षणमा ५ सय ३५ जना र १ हजार ४ सय ४ एन्टिजेन परीक्षणमा १ सय २७ जना गरी कुल ६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

SHARE