सोमबार एकै दिन संक्रमणका कारण नौ जनाको मृत्यु

0
540

कात्तिक१,२०७८ पछिल्लो २४ घन्टामा संक्रमणका कारण ९ जनाको मृत्यु भएको छ । सोमबार देशभर ५ सय ९१ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ९ हजार ६ सय ९७ जनामा गरिएको पीसीआर तथा एन्टीजेन परीक्षणमा ५ सय ९१ जना संक्रमित भेटिएका हुन्।

यस्तै आज ९ सय ३७ जना संक्रमित संक्रमण मुक्त भएका छन्। हाल देशभर ११ हजार ८ सय ७४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ।

SHARE