केपिका कारण कम्युनिस्ट पाटी पुनःगठनःनेता चौधरी

0
332
फाइल फोटो

कात्तिक १,२०७८गुल्मीः,नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी वलीका कारण कम्युनिस्ट पाटी पुनः गठन गरेको बताएका छन ।
एकीकृत समाजवादी पाटी गुल्मीको प्रथम भेलालाई सम्वोधन गर्दै नेता चौधरीले केपी वलीले नेतृत्व गरेको पाटीले कम्युनिस्ट आन्दोलन समाप्त गर्न थालेपछि नेपालमा कम्युनिस्ट पाटीको रुपमा एकीकृत समाजवादी गठन गरेको वताए । उनले नेपालमा रहेका कम्युनिस्ट पाटीहरुसगँ एकता गर्दै कम्युनिस्ट पाटीको नेतृत्व समेत एकीकृत समाजवादी पाटीले गर्ने दावी गरे ।

प्रतिनिधि सभा सदस्य समेत रहेका मेटमणिले केपी वली पाटीले आगामी निर्वाचनमा जनतासगँ मत माग्ने नैतिकता समेत गुमाएको वताए । अब केपी वलीले नेतृत्व गरेको पाटी चुनावमा हामीलाई विजयी वनाएर पठाउनुस हामी पटकपटक ससंद विघटन गरेर देखाउछौ भन्दै भोट माग्छन त उनले भनेञ त्यसकारण केपी वली पाटी नेपालवाट छिट्टै विलय भएर जान्छ ।
उनले कम्युनिस्ट पाटीको नाम वेचेर झापावाट पटकपटक निर्वाचन जित्ने केपी वलीले अवको निर्वाचनमा झापावाटै चुनाव जितेर देखाउन चुनौती दिए । कार्यक्रममा पाटीका केन्द्रीय सचिवद्वय भागवत विश्वासी, रामकुमारी झाक्रि, केन्द्रीय सदस्य राज्यलक्ष्मी गैरे, लुम्बिनी प्रदेश मन्त्री रमा घर्ती लगायतले वोलेका थिए ।

SHARE