
असोज३१,२०७८काठमाडौं : आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस। नेपालमा पनि मनाइँदैछ। संयुक्त राष्ट्र संघले सन् १९९३ देखि हरेक बर्ष अक्टोबर १७ तारिखलाई अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसका रुपमा मनाउँदै आएको छ।
दिवस मनाउनुको मुख्य उद्देश्य चरम गरिबीविरुद्ध एकजुट भएर लड्न तथा गरिबीसम्बन्धी जानकारी विश्वभर आदानप्रदान गर्नु रहेको छ। संयुक्त राष्ट्र संघले सन् २०३० सम्म विश्वबाट सबैखाले गरीबीको अन्त्य गर्ने लक्ष्य लिएको छ। सोहीअनुसार दिगो विकासका लक्ष्यहरु निर्धारण गरी गरिबी निवारणका कामहरु भइरहेका छन्।











