आज विजया दशमी : मान्यजनबाट टीका र जमरा थापेर आशीर्वाद लिने दिन,उत्तम साइत बिहान १०ः०२ बजे

0
445

असोज२९,२०७८काठमाडौं : आज बडादशैंको मुख्य दिन अर्थात् विजया दशमी। आजको दिन मान्यजनहरूबाट टीका र जमरा थापेर आशीर्वाद लिँदै मनाइन्छ।

किम्बदन्तीअनुसार दशमीकै दिन दुर्गा भवानीले दानवी शक्तिमाथि तथा रामले रावणमाथि विजय हासिल गरेका थिए। सत्यले असत्यमाथि विजय पाएका कारण यस दिनलाई विजया दशमी भनिन्छ।

घटस्थापनाको दिनदेखि विधिपूर्वक घरघरमा आह्वान गरी पूजाआराधना गरिने दुर्गादेवीलाई आजकै दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिन्छ। देवीलाई बिहान ८ः१९ बजे उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिए।

विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १०ः२ बजेको साइत शुभ रहेको छ। टीका लगाउने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ। त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसादका रूपमा मान्यजनका हातबाट टीका, जमरा तथा आशीर्वाद थाप्ने क्रम जारी रहनेछ।

SHARE