मुगुमा बस दुर्घटना, २२ को मृत्यु १८ घाइते

0
40

असोज२६,२०७८मुगुः मुगुको छायानाथ रारा नगरपालिकास्थित पर्चानीमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ।

सुर्खेतबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो २ बजेतिर रारा गाउँपालिका–७ पिनागाउँमा दुर्घटना भएको हो।

मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दुर्घटनामा २२ जनाको ज्यान गएको र १८ जना घाइते भएको जानकारी दिए।

घाइतेहरूको उद्दारकार्य जारी रहेको उनले जानकारी दिए। घाइतेलाई उपचारका लागि बाहिर पठाउन हेलिकप्टर बोलाइएको महतले बताए। बस सडकबाट दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

SHARE