गाडीको ठक्करबाट गम्भीर घाइते भएका दुई विद्यार्थीको उपचारको क्रममा मृत्यु

0
191

असोज१६,२०७८सल्यानः शुक्रवार बिहान जिपको ठक्करबाट गम्भीर घाइते दुई विद्यार्थीको उपचारको क्रममा मृत्यु भएको छ ।

राप्ती प्रादेशिक अस्पताल दाङ्ग तुलसीपुरमा उपचारको क्रममा दिउँसो दुई विद्यार्थीको मृत्यु भएको हो । मृत्यु हुनेमा सल्यान शारदा नगरपालिका – ६ बरलाकी अन्दाजी १८ बर्षिया रेखा बुढाथोकी र सोही ठाउँकी अन्दाजी १८ वर्षकै सुनिता नेपाली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।

उनीहरुको उपचारको क्रममा दिउँसो १ बजे मृत्यु भएको हो । अन्य तीन जनाको थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीको भनाई छ ।

SHARE