भ्रष्टाचारीलार्ई वाइसिएलले ठेगान लगाउँछ : पूर्व मन्त्री बराल

0
338
फाइल फोटो

असोज१५,२०७८गुल्मीः नेकपा माओबादी केन्द्रका नेता एवं पूर्व मन्त्री सुदर्शन बरालले भ्रष्टाचारीहरुलाई ठेगान लगाउने एक मात्र शक्ति वाइसिएल मात्रै भएको दाबी गरेका छन् ।
वाइसिएलको प्रथम भेलालाई पुर्तिघाटमा सम्बोधन गदै उनले केपी ओली नेतृत्वको एमालेले गरेका भ्रष्टाचारीहरुलाई ठेगान लगाउने एक मात्र शक्ति वाइसिएल मात्र भएको दाबी गरेका हुन् ।
अब गाउँदेखी केन्द्र सम्म भएका भ्रष्टाचारहरुलाई एक एक गरी केलाउदै वाइसिएलले ठेगान लगाउने भन्दै सोही अनुसार लाग्न वाइसिएललाई उनले निर्देशन समेत दिए ।
यस्तै भेलाले कालीगण्डकी गाउँपालिकाको वाइसिएलको अध्यक्षमा श्रीप्रसाद थापालाई चयन गरेको छ । जसको उपाध्यक्षमा वबिन थापा,मित्रबहादुर तरामु र गगन तरामुलाई चयन गरेको छ।
यस्तै सचिबमा दुर्गबहादुर थापा,सह सचिबमा इश्वरी राना,यमबहादुर पाण्डे र बिषम राना रहेका छन् ।कोषध्यक्षमा ज्योती सिंजालीलाई चयन गरेको छ । कालीगण्डकीमा ४७ सदस्य रहेको वाइसिएलको कमिटी बनेको छ ।

SHARE