सुनको मूल्य २०० रुपैयाँ घट्यो

0
377

असोज१४,२०७८
काठमाडौं : बिहीबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ। छापावाल सुन बुधबार प्रतितोला रु ८८ हजार ९०० मा कारोबार भएको थियो।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला रु ८८ हजार ७०० तोकिएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार २५० कायम गरिएको छ जुन बुधबार प्रतितोला रु ८८ हजार ४५० मा कारोबार भएको थियो।महासङ्घका अनुसार चाँदीको मूल्य बुधबारको तुलनामा आज प्रतितोला रु ३५ ले घटेको छ।

SHARE