
भदौ३०,२०७८स्याङ्जा : जिल्लाको कालीगण्डकी गाउँपालिकाले दलित समुदायलाई लक्षित गर्दै दलित बस्ती विकास कार्यक्रम सञ्चालन गरेको छ।
प्रत्येक वडामा दलित समुदायको मागअनुसार दलित बस्तीमा सडक शौचालय निर्माण र सोलार बत्ती राखिएको छ। यस्तै, आर्थिक उपार्जन गर्न सिलाई कटाई मेसीन प्रदान गरिएको छ भने ग्याँसको विस्थापन गर्न इन्डक्सन चुल्हो वितरण गरिएको छ।
२०७६ सालबाट लागू गरिएको दलित बस्ती विकास कार्यक्रममार्फत यहाँका ६६६ घरधुरीका ३६६३ जना प्रत्यक्ष लाभान्वित भएका छन्। पहिलो वर्ष बस्ती बस्तीमा सडक पुर्याउने र सोलार बत्ती जडान गर्ने काम काम गरेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताए । ‘यस वर्ष दलित परिवारको भन्सा कोठा धुवाँरहित बनाउन इन्डक्सन चुल्हो वितरण गरेको पनि बताए ।

पालिकाभित्रको सबै घरधुरीमा न्यूनतम विद्युत् महशुल निशुल्क गरिदिएको कालीगण्डकी गाउँपालिकाले विद्युतीय खपत बढाउँदै ग्यासको विस्थापन गर्न इन्डक्सन चुल्हो वितरण गरेको हो। वडा नं ५ को ९८ घरधुरीमा इन्डक्सन चुल्हो वितरण गरेको थापाले बताए।
विद्युतीय सामाग्रीको प्रयोग गर्दै ग्याँस चुल्होको प्रतिस्थापन गर्ने उद्देश्यको साथ वितरण गरिएको इन्डक्सन चुल्होको प्रयोगले सहजता मात्र होईन दलित समुदायको परिवारमा खुसी छाएको छ।











