समाजवादी रोजेका दुई सांसदलाई कारबाही नगर्नू :सर्वोच्‍च

0
276

भदौ२७,२०७८काठमाडौँ : नेकपा एमालेबाट विद्रोह गरेर बनेको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा जान पाऊँ भनेर रिट पेश गरेका दुई सांसदहरूमाथि कुनै कारबाही नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

प्रतिनिधिसभाकाका एमाले सांसद सोमप्रसाद पाण्डे र राष्ट्रियसभाका शारदादेवी भट्टको रिटमा सर्वोच्‍चले अल्पकालीन अन्तरिम आदेश दिएको हो।

न्यायाधीश मीरा खड्काको एकल इजलासले दुवै पक्षसँग छलफल आवश्यक भएकाले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

आदेशमा भनिएको छ, ‘यसमा के कसो भएको होरु निवेदकको बमोजिमको आदेश किन जारी हुनु नपर्ने होरु आदेश जारी हुनु नपर्ने भए आधार कारणसहित यो आदेश प्राप्त भएको मितिले बाटोको म्यादबाहेक (१५ -पन्ध्र) दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्नू भनी यो आदेश र रिट निवेदनको प्रतिलिपि साथै राखी विपक्षीहरूको नाममा म्याद सूचना पठाई म्यादभित्र लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुसार पेश गर्नू।’

दुवै पक्षको उपस्थितिमा छलफल हुन उपयुक्त देखिएकोले भदौ २९ गते अन्तरिम आदेशको लागि पेसी तोकी सो दिन उपस्थित हुन विपक्षीहरूलाई सूचना दिनु निर्देशन दिएको छ। अदालतको विचाराधीन मुद्दामा एमालेबाट हुनसक्ने कारबाही नगर्नसमेत आदेश दिएको छ।

‘सो मितिसम्म निवेदकहरूलाई प्रतिकूल असर पर्ने गरी कुनै कामकारबाही नगर्नू भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(२)ख बमोजिम विपक्षीहरूका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ। उक्त पेसीका दिन प्रस्तुत विवादसँग तत् निर्णय तथा सम्पूर्ण कागजातसहितको सक्कल फायल महान्यायाधिवक्ताको कार्यालयमार्फत झिकाई नियमानुसार पेश गर्नू’ आदेशमा भनिएको छ। थाहाबाट

SHARE