अनेरास्ववियू (क्रान्तिकारी) रूरूक्षेत्रकाे प्रथम सम्मेलन सम्पन्न

0
274

गुल्मी, २६ भदाै :नेकपा माओवादी केन्द्रनिकट विध्यार्थीहरूकाे संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी युनियन (क्रान्तिकारी) रूरूक्षेत्र गाउँपालिकाकाे प्रथम सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनले विशाल थापाकाे अध्यक्षतामा ५१ सदस्यीय अनेरास्ववियू क्रान्तिकारी रूरूक्षेत्र गाउँकमिटीकाे गठन गरेको छ । जसकाे उपाध्यक्षमा निलम ठडराई, सचिवमा अनिश सुनार, सह-सचिवमा प्रियकां राना, काेषाध्यक्षमा सुरज पुरी लगायत अन्य सदस्यहरू रहेका छन् ।

सम्मेलनले संगठनलाई
चुस्तदुरूस्त राख्नकाे लागि विभिन्न विभागहरू पनि गठन गरेको छ । जसअन्तरगत साँस्कृतिक विभाग प्रमुखमा अमर सुनार, महिला विभाग प्रमुखमा माेतिमाया पाण्डे र दलित तथा उत्पिडित विभाग प्रमुखमा शुशिला नेपाली रहेका छन् ।

कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि नेकपा माअाेवादी केन्द्रका जिल्ला समन्वय समिति सदस्य एवम् रूरूक्षेत्र गाउँपालिका इन्चार्ज यदु ज्ञवालीले विध्यार्थी हकहितको लागि एकमात्र संगठन अखिल क्रान्तिकारी रहेकाे बताए ।

नि:शुल्क शिक्षा, राेजगारमुलक शिक्षा लगायतका एजेन्डा अाफुहरूकाे रहेकाे उनले दाबी गरे । साथै यस्ता प्रकारका एजेन्डाहरूलाई सफल बनाउन सबै विध्यार्थीहरूकाे साथ चाहिने भएकोले विध्यार्थीहरू संगठित हुनुपर्ने उनकाे भनाई छ ।

अनेरास्ववियू क्रान्तिकारी गुल्मीका पूर्व अध्यक्ष समेत ज्ञवालीले नेपालकाे हित विपरित रहेकाे एम सिसि माअाेवादी केन्द्रले मात्रै परिमार्जन गर्न वा राेक्न खाेजेकाे स्पष्ट पारे ।

कार्यक्रममा अनेरास्ववियू क्रान्तिकारी गुल्मीका संयाेजक भरत चन्द, सचिवालय सदस्य एवम् क्षेत्र न. २ संयोजक राजन केसि, सचिवालय सदस्य, क्षेत्र नम्बर १ संयोजक एवम् श्रृङ्गेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापति किसन पाण्डे, सचिवालय सदस्य बालेन श्रेष्ट, रमेश पाण्डे, प्रेस सेन्टरका सदस्य हुमाकान्त पाेखरेल, माधव ज्ञवाली लगायतको उपस्थित रहेकाे थियाे ।

SHARE