मुख्यमन्त्री केसीको भ्रमण उपलब्धी मुलक

0
34

मानसिंह विश्वकर्मा भदौ २५ ,२०७८रोल्पा :लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले आफ्नो काठमाण्डौंको २ दिने भ्रमण निकै उपलब्धी मुलक रहेको बताएका छ्न ।

उनले लुम्बिनी प्रदेशको समृद्धिका लागि प्रधानमन्त्री शेरबहादुर देउवा एवं राजनीतिक उच्च नेतृत्वतहको भेटघाटले लुम्बिीनीको विकास एवं समृद्धीका लागि नयाँ ढोका खोलेको बताए ।

प्रधानमन्त्री लगायत पार्टीका उच्च नेताहरुको लुम्बिनी प्रदेशको विकासका लागि सकेजति पहल गर्ने विश्वास व्यक्त गरेको मुख्यमन्त्री केसीले बताए ।

उनले सम्बृद्धि लुम्बिनी प्रदेशको निर्माणको लागि उच्च राजनीतिक सहमतिलाई कायम गर्दाै मन्त्री परिषद् गठन, लुम्बिनी प्रदेश सरकारको बजेट तथा कार्यक्रमका बारेमा छलफल भएको बताए ।
उनले लुम्बिनी प्रदेश सरकारले प्रदेशबासीको हितमा हुने गरी लिन लागिएको बजेट बारेमा केन्द्र सरकारसँग पनि छलफल गरेको बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवासंग गरिएको भेटमा विकासका हरेक योजनामा लुम्बिनी प्रदेशलाई प्राथमिकता प्रदान गर्नका लागि अनुरोध गरेका थिए ।

लुम्बिनी प्रदेश देशकै नमूना प्रदेश बनाउनको लागि आफू लागि रहेको बताउँदै केन्द्र सरकारसँग पनि माग गरेको बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि लुम्बिनी प्रदेश सरकारको नीति तथा योजनालाई सफल बनाउनको लागि आफू हरदम तयार रकेको प्रक्रिया दिए।

प्रदेश सरकारले यस वर्ष शिक्षा, स्वास्थ्य रोजगारलाई प्राथमिकता राख्ने गरी सुसासन कायम गरी नीति योजना तर्जुमा गर्न लागेको समेत जानकारी गराए ।

साथै जनमुखी बजेट नीति योजनालाई पास गरिने समेत बताए । सरकारले न्यूनतम लक्ष्यलाई पुरा गर्नका लागि घनीभूत रुपमा प्रदेश सरकार लागेको बताए ।
मुख्यमन्त्री केसीले २ दिन सम्म प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड लगायत संग भेटघाट गरेका थिए ।

SHARE