अर्घाखाँची जिल्ला खेलकुद विकास समितिका नवनियुक्त पदाधीकारीद्धारा पदभार ग्रहण

0
759

बसन्त श्रेष्ठ
भदौ२३,२०७८अर्घाखाँची :जिल्ला खेलकुद विकास समिति अर्घाखाँचीका नवनियुक्त अध्यक्ष भोजबहादुर गन्दर्भ लगायतका पदाधीकारीहरुले पदभार ग्रहण गरेका छन् । सन्धिखर्कमा एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित पदाधीकारीले पदभार ग्रहण गरेका हुन ।

पदभार ग्रहण कार्यक्रममा प्रमुख अथिति समेत रहुनुभएका नेकपा एमाले सन्धिखर्क नगरकमिटि अध्यक्ष श्रीकृष्ण भुसालले नवनियुक्त खेलकुद विकास समितिले खेलक्षेत्रको दीगो विकासमा केन्द्रीत हुनुपर्नेमा जोड दिए । सन्धिखर्क अस्पताल विकास समितिका अध्यक्ष समेत रहुनभएका भुसालले खेल क्षेत्र राष्ट्र र स्वास्थ्य दुबैको लागि अपरिहार्य पक्ष भएको भन्दै खेलक्षेत्रका पुर्वाधार निर्माणसँगै खेलप्रतिको मोह बढाउनुपर्ने बताएका छन् ।

प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य गोबिन्द भुसालले अर्घाखाँची जिल्लामा खेलकुदको विकासका लागि सबै पक्ष तथ क्षेत्रसँग समन्वय गर्ने । भुसालले प्रदेशका सबै जिल्लाहरुमा हालको समितिले रचनात्मक कार्यगर्ने तयारी भैरहेको पनि जानकारी गराए ।

नवनियुक्त जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भोजबहादुर गन्दर्भले आफु नेतृत्वको खेलकुद विकास समितिले नमुना काम गर्ने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष गन्दर्भले विगतको कमि कमजोरीलाई नदोराइ समन्वयात्मक तबरले खेल क्षेत्रका गतिबिधीलाई तिब्रता दिने बताए ।

कार्यक्रममा सन्धिखर्क २ का वडाध्यक्ष तथा पूर्व खलेकुद विकास समितिका अध्यक्ष मोतिजंग रायमाझी, तेक्वान्दो संघका जिल्ला अध्यक्ष बिष्णु परियार, सामुदायिक वन पैदावार महासंघका अध्यक्ष रामचन्द्र पोख्रेल, गैसस महासंघका जिल्ला अध्यक्ष ठाकुर अधिकारी लगायतले नवनियुक्त कार्यसमितिलाई सफल कार्याकालको शुभकामना मन्तब्य राखेका थिए ।

समितिको उपाध्यक्षमा प्रकाश बस्नेत, कोषाध्यक्षमा ज्ञानु घिमीरे, सदस्यहरुमा शिब शाहा, गिरी खनाल, राजु पन्थी, ऋषिकेश भट्टराई, सकुन्तला अधिकारी र सविता आचार्य लगायतले पदभार ग्रहण गरेका थिए ।

कार्यक्रममा खेलकुद विकास समितिका निवर्तमान कार्यबाहक अध्यक्ष बलबहादुर रानाभाटको अध्यक्षता, निवर्तमान सदस्य तथा मालारानी गाउपालिका ८ का वडाध्यक्ष नरेन्द्र कुमार बस्नेतको स्वागत मन्तब्य र जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख जनार्दन गैरे (जनक) को सञ्चालमा सम्पन्न भएको थियो ।

SHARE