कोभिडबाट २३ पत्रकारको मृत्यु, हजारभन्दा बढी पीडित

0
248

भदौ१६,२०७८काठमाडौं :कोरोना महामारीबाट डेढ वर्षयता २३ पत्रकारको मृत्यु भएको छ। महामारीमा एक हजारभन्दा बढीले आफन्त गुमाएका र सयौं जना व्यावसायिक रूपमै प्रभावित भएका छन्।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखेरेलले मंगलबार नेपाल प्रेस इन्ष्टिच्यूटले आयोजना गरेको मिडियामा कोभिडको असरसम्बन्धी राष्ट्रिय कार्यशालामा सो जानकारी दिएका हुन्।

उनले भने, ‘कोभिडका कारण कति उद्योग तथा व्यवसाय बन्द भए तापनि मिडिया क्षेत्र जसरी तसरी चलिरहेकै छ। पत्रकारले दुःख सहेर यो क्षेत्रलाई जीवित नराखेको भए महामारीले कति भयावह स्वरूप देखाउँथ्यो, सबैले पत्रकार तथा सञ्चार क्षेत्रको गुन मान्नु आवश्यक छ।’ मुख्य अतिथि पोखरेलले मुलुकका लागि यस्तो भूमिका खेल्ने मिडिया र पत्रकारप्रति राज्य संकीर्ण र अनुदार हुनु दुर्भाग्यपूर्ण भएको बताए।

कार्यशालाका प्रमुख अतिथि रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले प्रदेश तथा स्थानीय सरकारले मिडिया तथा सञ्चार क्षेत्रका लागि सघाइरहेको बताए। उनले भने, ुत्यो सहयोग पनि राज्यले नै गरेको हो, संघीय सरकारबाट सहयोग प्राप्त भएन भनेर राज्यले नै सहयोग नगरेको भन्न मिल्दैन।ु

‘सरकारले मिडिया तथा सञ्चार उद्योगका विभिन्न क्षेत्रमा कर छुटको सोच बनाएको छ। महासंघ तथा नेपाल प्रेस इन्ष्टिच्यूटका अनुभवी सञ्चारविज्ञसँग बसेर छलफल गर्न हामी तयार छौं, तपाईंहरुको सुझावअनुसार हामी अघि बढ्छौं,’ उनले भने।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको अनुदान सहयोगमा इन्ष्टिच्यूटले “नेपाली पत्रकारिता तथा सञ्चार उद्योगमा कोभिड–१९ ले पारेको असर” मा कार्यशाला आयोजना गरेको हो। कार्यशालामा सातै प्रदेशका नेपाल पत्रकार महासंघका प्रादेशिक अध्यक्षले तयार पारेको अनुसन्धानमूलक कार्यपत्र पनि प्रस्तुत गरियो।

सचिव अर्यालले सञ्चारकर्मीको क्षमता विस्तार, भावी कार्यदिशा निर्माण, नीति निर्माण तथा कार्यान्वयनलगायत विषयमा सहजीकरण गर्न आफू सदैव तत्पर रहेको बताउँदै सातवटै प्रदेशबाट आएका सुझावका आधारमा तयार पारिने प्रतिवेदनले आगामी दिनमा निर्णय लिन मन्त्रालयलाई सघाउने धारणा राखे।

इन्ष्टिच्यूटका कार्यवाहक अध्यक्ष मन्टेश्वरी राजभण्डारीले अध्यक्षता गरेको कार्यक्रममा वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी तथा कानुनविद काशीराज दाहालले मिडिया जगतले भोगेको पीडामा सरकार गम्भीर हुनुपर्ने धारणा व्यक्त गरे।

प्रदेश १ का प्रादेशिक सञ्चार प्रतिष्ठानका कार्यकारी प्रमुख यज्ञ शर्मा, प्रदेश २ का आमसञ्चार प्रतिष्ठानका अध्यक्ष श्यामसुन्दर यादव र प्रेस काउन्सिल नेपालका प्रशासन प्रमुख झविन्द्र भुसालले पनि कोभिडको असरको विश्लेषण गर्दै आ–आफ्नो निकायले खेलेको भूमिकाका बारेमा बताएका थिए। थााबाट

SHARE