आज देशभर भारी बर्षा

0
221
फाइल फोटो

भदौ१३,०७८काठमाडौं : केही दिनदेखि सक्रिय रहेको मनसुन अझै केही दिन रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनी वायुको प्रभाव र न्यून चापीय रेखा नेपालको तराई भू(भाग नजिक रहेकाले आगामी तीन दिनसम्म मौसम बदली रही देशभर वर्षा हुने सम्भावना रहेको छ।

आज बिहान देशभरको मौसम बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो पनि देशको अधिकांश भू(भागमा मौसम बदली रही अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको छ। प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको छ।

SHARE