खोला तर्दा नगर प्रहरी बेपत्ता

0
465

भदौ९,२०७८सोलुखुम्बु :सोलुदुधकुण्ड नगरपालिकामा कार्यरत नगर प्रहरी खोलामा बेपत्ता भएका छन्। वडा नम्बर २ मोपुङको वासाखोला तर्ने क्रममा दावा तेन्जी शेर्पा मोटरसाइकलसहित बेपत्ता भएका हुन्।

सोलुदुधकुण्ड–८ केरुङका २२ वर्षीय शेर्पा प्रदेश–३–१०२००८ प ३१५३ नम्बरको मोटरसाइकलमा सल्लेरीबाट मोपुङ हिँडेको बुझिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी कवित कटवालले बताए। मंगलबार दिउँसो १२ बजे घटना भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मोटरसाइकल भेटिए पनि शेर्पा अझै सम्म बेपत्ता छन्। उनको खोजीका लागि प्रहरीसहित स्थानीय जनप्रतिनिधि, नगर प्रहरी, स्थानीयवासी सक्रिय भए पनि खोला बढेकाले समस्या भएको डिएसपी कटवालले बताए।

SHARE