संविधानसभा सदस्य शेरचनको कोरोना संक्रमणबाट निधन

0
204

भदौ३,२०७८काठमाडौं :संविधान सभा सदस्य तथा सञ्चार उद्यमी महेन्द्र शेरचनको कोरोना संक्रमणबाट निधन भएको छ।

६७ वर्षको उमेरमा उनको उपचारको क्रममा नेपाल एपिएफ अस्पतालमा बुधबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ। राजधानी न्युज पब्लिकेशनका संस्थापक अध्यक्ष समेत रहेका शेरचन विज्ञापन बोर्डका सदस्य पनि थिए।

उनी बैदेशिक रोजगार व्यवसायी संघका पनि संस्थापक अध्यक्ष हुन्। उनका श्रीमती, तीन छोरा र एक छोरी रहेका छन्।

SHARE