रामपुरमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइयो

0
319

सुशीला रेग्मी
साउन २८,२०७८पाल्पाःअन्र्तराष्ट्रिय युवा दिवसको अवसरमा बिहीवार रामपुर नगरपालिकाको नीति, कार्यक्रम तथा वजेट सन्दर्भमा युवा अन्र्तक्रियात्मक गोष्ठी रामपुरमा भएको छ ।
शिक्षाको लागि राष्ट्रिय अभियान जिल्ला समन्वय समिति पाल्पाको आयोजनामा कार्यक्रम भएको हो । शिक्षाको लागि राष्ट्रिय अभियान पाल्पाका सचिव माधव अर्यालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य रहेकी थिइन् ।
नगरले युवालाई प्राथमिकता दिएर काम गरेको बताउँदै युवामाँझ कस्ता खालका कार्यक्रम ल्याउन सकेमा प्रभावकारी हुने सुझाव समेत दिन नगर उपप्रमुख आचार्यले आग्रह गरिन् ।
कार्यक्रमका अध्यक्ष अर्यालले शिक्षाको लागि राष्ट्रिय अभियानले संचालन गरेका कार्यक्रमका सन्दर्भमा जानकारी दिए । कार्यक्रममा रामपुर नगरपालिकाका निमिक्त प्रमुख प्रशासकीय अधिकृत रामहरी पाण्डेयले रामपुर नगरपालिकाले युवाको क्षेत्रमा गरेका कामका सन्दर्भमा जानकारी गराउँदै हुदै व्याज अनुदान, युवा स्वरोजगार लगायतका विभिन्न कार्यक्रम संचालन गरेको र यस कार्यक्रमले कृषिमा युवाको आकर्षण बढेको बताए ।
युवाको तर्फबाट सन्दिप आचार्यले युवा जनशक्तिलाई लक्षित गरी कार्यक्रम संचालन गर्न सकेको खण्डमा नगरको विकास हुदै जाने बताए । रामपुर नगरपालिकाका योजना अधिकृत कपिल खाँणले कार्यक्रमकोे सहजिकरण गर्दै गत आर्थिक वर्षमा युवाको क्षेत्रमा गरेका कार्यक्रमबारे जानकारी गराए । गत आर्थिक वर्षमा युवाको क्षेत्रमा एक करोड ७७ लाख ४५ हजार रकम विनियोजन गरी विभिन्न कार्यक्रम गरिएको हो ।
कोभिड प्रभावित भई गाउँ फर्केका कृषकलाई उत्पादन सामग्रीमा २० लाख अनुदान, मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रममा ७० लाख, बाँझो भूमी पुनः उपयोग कार्यक्रमका लागि २० लाख, युवा स्वरोजगारका लागि ५० लाख, मेयर कपमा १७ लाख ४५ हजार वजेट विनियोजन गरी कार्यक्रम गरिएको छ । आर्थिक वर्ष २०७८÷०७९ मा मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमका लागि ६७ लाख, कामको लागि पारिश्रमिक अनुदान ३३ लाख २२ हजार, युवा स्वरोजगार कोषमा ६० लाख, मेयर कपमा २५ लाख गरी एक करोड ७५ लाख २२ हजार रकम विनियोजन गरिएको छ ।
कार्यक्रममा सहभागी युवाले नगरपालिकाले कृषिमा मात्रै नभई विभिन्न उद्योग व्यवसायमा पनि युवालाई लगानी गरीदिनुपर्ने, बौद्धिक व्यक्तिको सहभागीतामा बेला बेलामा अन्र्तक्रिया कार्यक्रम, नगरले संचालन गर्ने हरेक कार्यक्रममा युवालाई चलायमान बनाउनुपर्ने लगायतका विषयमा छलफल भएको छ ।
कार्यक्रमको संचालन शिक्षाको लागि राष्ट्रिय अभियानका सन्जु परियारले गरेका थिए ।

SHARE