लुम्बिनीको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

0
348

साउन२८,२०७८ रुपन्देहीःनेकपा माओवादी केन्द्रका प्रदेशसभा संसदीय दलका नेता कुलप्रसाद केसी लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) बमोजिम बिहीबार केसीलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्। प्रदेशसभामा उनी रोल्पा १
(कंं) बाट निर्वाचित हुन्।

उनको सपथ ग्रहण कार्यक्रम साढे ४ बजेका लागि तोकिएको कांग्रेस प्रदेशसभा संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले जानकारी दिए।

चार दलीय गठबन्धनले प्रदेशसभामा रहेका कूल ८० सदस्यको बहुमत ४२ सांसदको हस्ताक्षरसहित नयाँ सरकार गठनमा दाबी पेश गरेका थिए।

SHARE