गुल्मीमा खुट्टा ढोग्दा पनि बस्दैनन् प्रमुख प्रशासकीय अधिकृत , कुन स्थानीय तहमा को को कति समय रहे विवरण सहित

0
332

तिलाचन पाण्डे
साउन १९,२०७८गुल्मी : देश संघियतामा गइसकेपश्चात सिंहदरबारको अधिकार गाउँगाउँसम्म जाने गरी स्थानीय तहहरु गठन भए । जस अनुसार कर्मचारी ब्यबस्थापन गर्न समस्या भएपनि स्थानीय तहको कार्य संचालनका लागि कार्यकारी अधिकार सहित एक जना प्रमुख प्रशासकीय अधिकृत पत्येक स्थानीय तहमा खटिए ।
गुल्मी जिल्लाका २ वटा नगरपालिका र १० वटा गाउँपालिका गरी १२ वटा स्थानीय तह छन् । यहाँ खटेका प्रमुख प्रशासकीय अधिकृत एक महिना सम्म पनि स्थानीय तहमा टिक्न सकेनन् । इश्मा गाउँपालिकामा प्रेमचन्द्र अर्याल २०७६ फागुन १३ देखि प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएर तर विडम्बना २०७६ चैत ५ गते इश्माबाट सरुवा भएर गए । यस्तै २०७७ फागुन २० गते प्रमुख प्रशासकीय अधिकृतका रुपमा आएका बिष्णुबहादुर घर्ती २०७८ साउन १२ गते सरुवा भई पाल्पाको बगनासकाली गाउँपालिकामा गए ।
खुट्टा ढोग्दा समेत बस्न मानेन् : इश्मा अध्यक्ष
यता इश्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर बिष्टले पछिल्लो समयमा प्रमुख प्रशासकीय अधिकृत बिष्णुबहादुर घर्तीलाई बिन्ती गरेर नजानुस भन्दा पनि बस्नै नचाहेको बताए । मैले उहाँलाई नजानका लागि धेरै पटक बिन्ती गर्दा पनि मान्नु भएन्, कर्मचारीहरुमात्रै मिलेर भएपनि बिदाई भएर जान खोजेको थाहा पाएपछि बिदाइमा आफू पनि सरिक भएको उनले बताए ।
यस्तै तपाइँको गाउँपालिकामा प्रेमचन्द्र अर्याल एक महिनासम्म पनि टिक्न सक्नु भएननी किन भन्ने प्रश्नमा बिष्टले उहाँ कर्मचारी ,जनप्रतिनिधि कसैसंग पनि मिल्न नसकेकाले समस्या भएको बताए ।
यता अहिले बगनासकाली गाउँपालिका पाल्पामा सरुवा भएर गएका घर्तीले इश्मा गाउँपालिकाका अध्यक्ष प्रति आफनो केही गुनासो नभएको बताए । रुपन्देहीमा घर भएकाले पाल्पा जाँदा आफूलाई सहज हुने भएकाले सरुवा मिलाएको बताए ।

कतिपय स्थानीय तहमा जननिर्वाचित प्रमख र कर्मचारीको प्रमुखका बिचमा हुने आपसी झगडा , राजनीतिक आस्था र कर्मचारी र जनप्रतिनिधि बिचको अहमताका कारण सरुवा हुने गरेको पाइएको छ ।


स्थानीय तहमा खटिने प्रमुख प्रशासकीय अधिकृतले न्यूनतम एक बर्ष सम्म सेवा प्रदान गर्नेछु भनेर प्रतिबद्धता पत्रमा हस्ताक्षर गरे । सु शासन ऐन २०६४र नियमावली २०६५, निजामति सेवा ऐन२०४९, नियामावली २०५०, स्थानीय सरकार संचालन ऐन २०७४ एंव नेपाल सरकारद्धारा विभिन्न समयमा जारी परिपत्रलाई आधार मान्दै प्रतिबद्धता समेत गरेका छन् ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रबक्ता बसन्त अधिकारीले स्थानीय तहमा निर्वाचित अध्यक्ष वा मेयरहरुले आफै प्रमुख भएर काम गरिदिने र भुक्तानी गर्न दवाब दिने गरेकाले पनि समस्या भएको बताए ।
जननिर्वाचितहरुको यो अन्तिम बर्ष पनि भएकाले आर्थिक मितब्ययीता हुन नसक्ने कारणले अहिले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत भएर जान कर्मचारी नचाहने गरेको उनले बताए । यसै त कर्मचारी कम भएको र डेढ बर्षदेखि लोक सेवाले कर्मचारी पदपुर्ति गर्न नसक्नु पनि समस्या भएको बताए ।
कतै राजनीतिक तालमेल नमेलका कारण त होइन भन्ने प्रश्नमा अधिकारीले त्यो पनि कहीँ कतै हुने गरेको स्विकार गरे ।
गुल्मीका स्थानीय तहहरुमा कति सम्म रहे त प्रमुख प्रशासकीय अधिकृतहरु नाम र समय अबधिकोे विवरण सहित
रेसुंगा नगरपालिका
१ ,बाबुराम पल्ली २०७१ जेठ १ गते देखि २०७३,चैत्र ८ गतेसम्म
२, रमेश गौतम २०७३ चैत्र ९ गते देखि २०७४ असोज १६ गतेसम्म
३, मुक्तिराम अर्याल २०७४ असोज १७ गते देखि २०७५ भदौ ३१ गते सम्म
४, भक्तिराम मरासिनी २०७५ भदौ ११ गतेदेखि हालसम्म
मुसिकोट नगरपालिका
१, घनश्याम न्यौपाने २०७३ चैत्र १० देखि २०७५ कात्तिक २० गतेसम्म
२ नबराज भण्डारी २०७५ कात्तिक २१ गतेदेखि २०७७ कार्तिक १६ सम्म
३ खिमानन्द भुसाल २०७७ कात्तिक १७ देखी हालसम्म
धुर्कोट गाउँपालिका
१ , होमनाथ काफले २०७३ चैत्र १० देखि २०७४ असोज सम्म
२ टोपलाल भुसाल २०७४ कात्तिक देखि पुस अन्तिम हप्ता सम्म
३ लोकहरी थापा २०७४ माघ देखि २०७५ कात्तिक अन्तिम हप्तासम्म
४ मधु घिमिरे (निमित्त) २०७५ मंसिर देखि फागुन सम्म
५ काशीराम पन्थी २०७५ चैत्र देखि हालसम्म
मालिका गाउँपालिका
१ ऋीषि पन्थी २०७३ चैत्र १० देखि २०७४ असोज २० गतेसम्म
२ लेखनाथ पोखरेल २०७४ असोज ३० देखि २०७५ चैत्र १७ सम्म
३ गोबिन्द भट्राई २०७५ चैत्र १७ देखि २०७६ जेठ ३१ सम्म
४ दीपक भण्डारी २०७६ असार ४ देखि हालसम्म
इश्मा गाउँपालिका
१ सरोज पोखरेल २०७३ चैत्र १० देखि २०७५ भाद्र १२ गतेसम्म
२ चन्द्रकान्त बस्नेत २०७५ भदौ १३ देखि २०७६ फागुन १२ सम्म
३ प्रेमचन्द्र अर्याल २०७६ फागुन १३ देखि २०७६ चैत ५ गतेसम्म
४ नारायण महत २०७६ चैत ६ देखी २०७७ फागुन १९ सम्म निमित्त
५ बिष्णुबहादुर घर्ती २०७७ फागुन २० देखि २०७८ साउन १२ सम्म
६ नारायण महत २०७८ साउन १३ देखि निमित्त
छत्रकोट गाउँपालिका
१ ज्ञानुराम पन्थी २०७३ चैत्र १० देखि २०७५ कात्तिक १८ सम्म
२ मधुकृष्ण पौडेल २०७५ कात्तिक १९ देखि २०७६ कात्तिक १५ सम्म
३ भेषराज पन्थ २०७६ कात्तिक १७ देखि २०७७ असोजसम्म
४दामोदर भण्डारी २०७७ कात्तिक देखि २०७७ चैत सम्म
५ पुन्य प्रसाद पौडेल २०७८ बैशाख २३ देखि हालसम्म (कनिमित्त)
गुल्मी दरबार गाउँपालिका
१ हरीमाया पौडेल २०७३ चैत्र ९ देखि २०७६ फागुन १६ सम्म
२ राम प्रसाद शर्मा २०७४ चैत्र २ देखि २०७५ चैत्र १० सम्म
३ लेखबहादुर बस्नेत २०७५ चैत ११ देखि २०७७ जेठ १८ सम्म
४ लक्ष्मण पाण्डे २०७७ जेठ २१ देखि हाल सम्म
रुरु क्षेत्र गाउँपालिका
१ शरला पौडेल २०७३ चैत्र १० देखि २०७५ भदौ २२ सम्म
२ चेतनाथ गिरी २०७५ भदौ २५ देखि २०७८ बैशाख ३ गतेसम्म
३ छत्रबहादुर अधिकारी २०७८ बैशाख ४ देखि हालसम्म (निमित्त)
सत्यवती गाउँपालिका
१ बिष्णुप्रसाद आर्चाय २०७३ चैत्र १० देखि २०७४ भदौ २२ सम्म
२ ऋीषि पन्थी २०७४ असोज २३ देखि फागुन १३ सम्म
३ यादब भण्डारी २०७४ चैत्र २९ देखि २०७७ भदौ २५सम्म
४ झबिश्वर रेग्मी २०७७ भदौ २८ देखि हालसम्म
चन्द्रकोट गाउँपालिका
१ कृष्णप्रसाद भण्डारी २०७३ चैत १० देखि २०७७ भदौ ३१ सम्म
२ अनन्तपाणी मरासिनी २०७७ असोज १ देखि हालसम्म
मदाने गाउँपालिका
१ शुरेश भण्डारी २०७३ चैत १० देखि २०७७ साउन १८ सम्म
२ रुद्रबहादुर पछाइँ २०७७ साउन १९ देखि हालसम्म
कालीगण्डकी गाउँपालिका
१ बाबुराम पल्ली २०७३ चैत १० देखि हालसम्म

SHARE