अध्यक्ष नछोडेसम्म ओलिसंग एकता हुँदैन : नेतृ झाँक्री

0
408

साउन१६,२०७८
काठमाडौं : नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले केपी शर्मा ओलीले अध्यक्ष छाडेपछि मात्रै पार्टीमा आन्तरिक एकता हुनसक्ने बताएकी छिन्।

अखिल फोर्सको भेलालाई राजधानीमा सम्बोधन गर्दै झाँक्रीले ओलीले आत्मालोचनासहित राजीनामा नदिएसम्म एकता संभव नभएको बताएकी हुन्। ‘जतिबेला राजनीतिलाई आजको यो स्थितिमा पुर्याउनेहरू मेनस्ट्रिम ९मूलधार० बाट बाहिर हुन्छन्, पार्टी एकताको शर्तमा छाड्छन्, त्यतिबेला मात्र पार्टी एकता हुन्छ’ उनले भनिन्।

प्रतिगमनकारीले सामान्य प्रायश्चित पनि नगरी कुममा कुम जोडाएर मात्र एकता हुन नसक्ने उनको तर्क थियो ।

एमालेभित्र संसद विघटनलाई प्रतिगमन र जनादेश भन्ने दुई थरि मत रहेको भन्दै उनले यसमा समान धारणा नहुँदासम्म पार्टी एकता कसरी हुन सक्छ भनी प्रश्न गरिन् ।

आफू पार्टी एकता विरोधी नभएको भन्दै झाँक्रीले अध्यक्ष ओलीबाट पुस ५ र जेठ ७ मा भएको प्रतिगमन कि जनादेश भन्ने प्रष्ट हुनुपर्ने बताइन् । तर यसको जवाफ अहिले कार्यदलले गरेको १० बुँदे सहमतिले दिन नसक्ने उनको जिकिर छ।

SHARE