दलहरू ठिक बेठिक छुट्याउने अदालतले होइन जनताले हो :पुर्व मन्त्री ज्ञवाली

0
405

अनिष पन्थी गुल्मी
नेकपा एमालेका सचिव एवं पुर्व मन्त्री प्रदीप ज्ञवालीले दलहरु ठिक छन कि बेठिक छन त्यो छुट्याउने अरुले नभएर जन्ताले छुट्याउने बताए ।

प्रेस चौतारी नेपाल गुल्मी शाखाले आइतबार सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा ज्ञवालीले राजनीतिक दलको मुल्यांकन जनताले गरेको उल्लेख गरे।

पछिल्लो राजनीतिक अबस्थाको शक्ति सन्तुलन खलबलिएको र सर्बोच्च अदालत बाट प्रधानमन्त्री बन्ने बिषय गम्भीर भएको बताए ।

यस अघि आफू प्रराष्ट्र मन्त्री हुदा जिल्ला बासीसबैको साथ पाएको मन्त्री ज्ञवालीको भनाइ छ र साथ दिनुहुने सबैलाई धन्यवाद समेत ज्ञापन गरे

यस्तै मन्त्री ज्ञावालीले जिल्लामा खानेपानी समस्या अन्त्य गरेको, खरको छाना बिस्तापित गरेको,सबै पालिकामा हस्पिटल निर्माणको लागि ठेक्का समझौता भएको ,जिल्लाको शैक्षिक सुधार गर्दै बिधालयहरुलाइ आइटी मैत्री बनाउने योजना रहेको उल्लेख गरे।

SHARE