एमाले विवाद समाधान कार्यदलको बैठक सुरु

0
230

असार२४,२०७८
काठमाडौं : नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैठक सुरु भएको कार्यदल सदस्य रघुजी पन्तले जानकारी दिए।

आजको बैठकमा पार्टीभित्रको विवाद समाधानका लागि सहमतिको मस्यौदाबारे टुंगो लगाउने उनले बताए। कार्यदलको बैठक आजै दिउँसो पनि बसेको थियो। बैठकलाई निर्णायक बनाउने भन्दै अहिले साँझसम्मको लागि स्थगित गरिएको थियो।

ओली र नेपालबीच हिजो बेलुकी होटल मेरियटमा दुई घण्टा छलफल भएको थियो। हिजो बेलुकी सुरुमा दुवै तर्फका दुईरदुई जना कार्यदल सदस्यहरुसहित छलफल भएपछि दुई शीर्ष नेताबीच एक्ला एक्लै छलफल भएको थियो।

SHARE