दुई महिना बढी बन्द भएको आन्तरिक उडान आजदेखि खुल्यो

0
385
फाइल फोटो

१७ असार, काठमाडौ : दुई महिनाभन्दा बढी बन्द भएको आन्तरिक उडान आजदेखि खुलेको छ । कोरोना भाइरसको दोस्रो लहरपछि वैशाख २० गतेदेखि बन्द गरिएको आन्तरिक उडान ६९औँ दिनमा सञ्चालन आएको हो ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार दैनिक ६४ वटा उडान हुने गरी हवाई उडान सञ्चालन गर्ने निर्णय भएको छ । उडान भर्ने हवाइ कम्पनीमध्ये बुद्ध एअरले ३१, यती एअरले १५, श्री एअर सात, सौर्य एअर तीन र नेपाल एअर दुई, तारा एअर दुई, समिट एअर दुई र सीता एअर दुई गरी दैनिक ६४ वटा उडान हुने छ । असार ७ गते बसेको मन्त्रिपरिषद्‌को निर्णयानुसार ५० प्रतिशत उडान अनुमति दिइएको हो ।

कोरोना संक्रमणको जोखिम नटरेकाले जहाज कम्पनीलाई १० मिनेटको अन्तरालमा उडान गर्न, प्रत्येक उडानसँगै जहाज स्यानिटाइज गर्नु पर्ने, यात्रुको लगेजसमेत स्यानिटाइज गरी विगतका मापदण्डलाई पालना गर्न भनिएको छ ।

SHARE