फेरि बढयो पेट्रोलियम पदार्थको मूल्य

0
497

असार९,२०७८काठमाडौं :पेट्रोलियम पदार्थको मूल्य फेरि बढाइएको छ।नेपाल आयल निगमले पेट्रोल तथा डिजेल र मट्टीतेलको साविकको बिक्री मूल्यमा २ रुपैयाँले वृद्धि गरेको हो।

मूल्य बढेपछि पेट्रोलको १२७ रुपैयाँ र डिजेलको मूल्य ११० रुपैयाँ कायम भएको छ।

हवाई इन्धन आन्तरिक उडानमा प्रतिलिटर २ रुपैयाँले बढाई ८२ रुपैयाँ प्रतिलिटर पुर्‍याइएको छ। अन्तर्राष्ट्रिय उडानको हवाई इन्धनमा पनि प्रतिकिलोलिटर अमेरिकी डलर २० ले वृद्धि गरेर नयाँ बिक्री मूल्य अमेरिकी डलर ७३५ प्रति किलो लिटर कायम गर्ने निर्णय निगमले गरेको छ।

SHARE