
असार७,२०७८
काठमाडौं :नेपाली सेनाका एक सैनिक जवानले आफैँमाथि गोली हानेका छन्। गोली लागेका उनको अवस्था गम्भीर रहेको छ।
वीरगञ्जस्थित नेपाली सेनाको चण्डी प्रसाद गणमा कार्यरत सिपाही पर्सा पोखरिया–७ का श्यामबाबु प्रसाद चौहानले आफूले बोकेको राइफल पड्किएर घाइते जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
अवस्था गम्भीर रहेका चौहानको अहिले नेशनल मेडिकल कलेज पर्सामा उपचार भइरहेको र थप उपचारका लागि काठमाडौं लैजाने तयारी भएको पर्सा प्रहरीले जनाएको छ।

चौहानको आँखा नजिकैबाट गोली निस्किएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानले उनले आफूले आफैंलाई गोली हानेको देखाएको छ।
चौहानले किन आफैंलाई गोली हाने भन्नेबारे खुलेको छैन। प्रहरीले यसबारे अनुसन्धान चलिरहेको जनाएको छ।






