we create pollution ,pollution create virus and virus create poverty

0
30

विश्व भरि आतँक मच्चाईरहेकाे Covid- 19 ले विषेत निम्न र मध्यम वर्गलाई बेस्सरि झटाराे हानेकाे छ। covid -19 ले गर्दा आफ्नाे व्यवसाय ठप्प भएकाे बेला हामी जस्ताे मध्यम र निम्न वर्गका मान्छेलाई राेगले भन्दा पनि भाेकले मारेकाे छ। धनि वर्गमा गनिने हुने खाने हरुले खाधान्न , ग्यास चामल नुन तेल आदि चाहिने भन्दा बढि मात्रामा किनेर घरमा इस्टक राख्दा हामी जस्ता लाई खाधान्न काे पनि अभाव भइरहेकाे छ।
जस्लाइ दिन गुजारा गर्न गाराे छ उसले ६ ७ लाख तिरेर हेलिकप्टर हायर कसरी गर्न सक्छ, बेला बेला pcr test कहाँ गरिरहन सक्छ, xray १२००० पर्ने अक्सिजन सिलिन्डर कहाँ किन्न सक्छ। सामान्य जीवन चलिरहेकाे थियाे हासिखुसि बितिरहेकाे थियाे आज economic crisis ले कतिकाे घरमा झगडा परिरहेकाे छ। काममा जान चाहादा चाहादै पनि जान पाएका छैनन। हामिलाई राेगकाे भन्दा भाेककाे डर भैसक्याे। अस्पताल पनि राजनितिकरण भएका छन, हामी जस्ताे ठुलाे बिटाे तिर्न नस्कनेले जरुरत हुदा हुँदै पनि ICU Ventilator पाउदैनाै।
हामी मान्छे जस्ताे गनिदैनाै, यसै भगवानकाे प्याराे हुँदै गएका छाै। “के लकडाउन मात्र समाधान हाेर” खै सरकार ले बुझेकाे। टन्न हुनेहरु ६ महिना १ वर्ष लकडाउन भए पनि गुजारा गर्लान अनि हामी??
राेगले त पन्छिनेछाै तर भाेकले??

खै कस्ताे आतँक मच्चियाे थाम्नै नसकिने गरि। ठुला ठुला भवन निर्माणकाे लागि काटिएका रुख ले सरापिरहेकाे छ। Free मा उपलब्ध भएकाे Oxygen आज लाखाै पैसा हाल्दा पनि कम भकाे छ।। वन जगँल नष्ट गरि so called urbanization र modernization is being evil. Development काे नाममा गरिएका विनाश ले साटाे फेरेर corona नामक virus जन्माए जस्ताे छ।
विशेष त virus हरुकाे उत्पतिकाे कारण pollution हाे। हामिले गरेकाे pollution has converted to killer. जे कुराकाे पनि हद हुन्छ हामिले हद पार गर्याे त्यसैले हामी याे स्थान मा छाै। आज भाेगिरहेकाे आतँक कतै अाफैले निम्ताएकाे त हाेइन?? सबै कुरा गाेल गाेल गरि फर्किन्छ भन्थे हाे रैछ, जनावरकाे बाँस भुटेर zoo मा लगेर थुन्याै अैले हामी नै थुनिरहेका छाै घरमै।।
अैलेकाे situation मा जति लगानि गर्दा पनि free मा उपलब्ध भईरहेकाे oxgyen किन्न असमर्थ भएका छाै। अब साेचै त वन जङ्गलकाे महत्व कति छ। धनी त त्याे हाे जाे सग रुखहरु छ किनकि धन ले किन्न नसकन्ने कुराहरु वातावरणले दिन्छ। हरेक special day मा हरेकले एउटा बिरुवा रापाेस् ताकि भबिष्यमा वातावरण बाट पाईने कुरा बाट बन्चित हुन नपराेस।

” सेभ नेचर सेभ याेरसेल्फ”

आकाँक्षा खनाल
एमएस्सि फरेष्टि

SHARE