कालीगण्डकी नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह

0
314

जेठ१४,२०७८पर्वत: जिल्ला प्रशासन कार्यालय पर्वतले जारी वर्षाका कारण बाढी पहिरोको जोखिम रहेको भन्दै सुरक्षित रहन नागरिकलाई अनुरोध गरेको छ।

पश्चिम बंगाल खाडीमा विकसित भएको जलवायुको प्रभाव र यासु चक्रवातका कारण नेपालमा समेत भित्रिएको मौसम बदलीका कारण सबैलाई सतर्क रहन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा सुवेदीले बताए।

उनका अनुसार जेठ १३ गते बिहीबार देखि जेठ १५ गते शनिवारसम्म पर्वतमा भारी वर्षाका सम्भावना रहेको तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट सूचना पाएपछि नागरिकलाई सचेत रहन भनिएको हो।

SHARE